बढ्यो सुनको भाउ, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेको र चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।