काठमाडौं, १० जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । केहि सूचकहरुमा गिरावट भएपनि अधिंकाश सुचक उकालो लागेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को वजेट घोषणा हुने मिति नजिक आईरहेको बेलामा सेयर बजारमा उत्साह थपिएको छ । वजेटले पूँजीबजारलाई संवोधन गर्ने अपेक्षा गरिरहेका लगानीकर्ताहरु जुर्मुराएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेर ३७१.३१ विन्दुमा पुगेको छ ।
यसदिन १३ उपसमूहरुमध्ये ३ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी १० वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
कुल २७० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ ९ पैसा पैसा बरारको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी आज पनि शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सानिमा इक्वीटि फण्डको सेयरमूल्य घटेको छ । फण्डको सेयरमूल्य ३.७७ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




