अमेरिकी डलर र यूरोसहित अन्य देशरुको मुद्राको भाउ स्थिर

-



     सफल आवाज    
     जेठ १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोसहित अन्य देशहरुको मुद्राको भाउ स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३ पैसा बिक्रिदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँँ ७६ पैसा र बिक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ रहेको छ ।

आजको मूल्यसूची :