
काठमाडौं, १४ जेठ । सताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९० अंकले घटेर ३६९.४२ मा रहेको छ ।
१३ उपसमूहमध्ये दुई वटामा मात्रै हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ११ वटामा रातो लागेको उनीहरु सबैको सेयर घटेको छ ।
यसदिन कुल २७० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७० लाख ५० हजार ३९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २१ करोड ७९ लाख ९४ हजार ९०३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आत्मनिर्भर लघ्ुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ६.४० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




