
काठमाडौं, १५ जेठ । सरकारले आज सोमवार आगामी आवको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
चालू आर्थिक वर्षको तुलनामा कूल बजेट र राजस्व संकलन दुवैको अनुमानमा कटौती गरेर यस वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याइएकोमा आगामी वर्षमा त्यसमा करीब ५ प्रतिशत घटाई १७ खर्ब २५ अर्बसम्मको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालय स्राेतले बताएकाे छ।
बजेटलाई लोकप्रिय बनाउन दबाव खेपिरहेका अर्थमन्त्री प्रकाशशरण महतसँग ठूलो आकारको बजेट ल्याउने ‘स्पेस’ कम भए पनि त्यसभन्दा केही माथि नै हुने गरी बजेटको अंक निस्किएको स्रोतको भनाइ छ ।
बजेटमा करिब १२ खर्ब ५० अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य सरकारको रहनेछ । यस वर्ष सरकारले १४ खर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, राजस्व संकलनको लक्ष्य पूरा नहुने मात्रै होइन, हालसम्म गत वर्षको तुलनामा समेत १२ प्रतिशतले राजस्व कम भएको छ ।

शनिबारसम्म लक्ष्यको मात्र ५५.८३ प्रतिशत अर्थात् ७ खर्ब ८३ अर्ब रूपैयाँ मात्र राजस्व संकलन भएको छ । यसअघि नीति तथा कार्यक्रमले नै बजेटमार्फत सकेसम्म सबै क्षेत्रलाई सम्बोधन गर्ने र लोकप्रिय कार्यक्रमले बढी महत्व पाउने संकेत गरिसकेको छ ।
सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएका सिफारिसहरूको कार्यान्वयन हुने गरी बजेटले सार्वजनिक खर्च कटौतीलाई जोड दिएको अर्थ मन्त्रालय स्रोतको बताएकाे छ । बजेटले रोजगारी सिर्जना गर्नेदेखि विकासका स्थानीयलाई सक्रिय बनाउने, गाउँ र शहरलाई उत्पादनका माध्यमबाट जोड्ने, आत्मनिर्भर मुलुक बनाउने जस्ता विषयलाई जोड दिनेछ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार अनावश्यक सरकारी संरचनाको कटौतीदेखि दोहोरोपन देखिएका संरचना समेत खारेज वा मर्ज गर्ने गरी बजेट तयार भएको छ । बजेटमा केही सरकारी बोर्ड, समिति खारेजीको घोषणा हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




