आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने प्रक्षेपण

-



     सफल आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ मात्रै हुने आकलन गरेको छ। आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धिदर २.१६ बताएका हुन ।

विश्व अर्थतन्त्रमा आएको शिथिलता र आन्तरिक कारणले न्यून रुपमा आर्थिक वृद्धि हुने बताए। उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै छलफल जानकारी दिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा फागुन महिनामा छलफल गर्ने व्यवस्था गरेको जानकारी दिए । महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने खालकाे बजेट ल्याएको बताए।

डा. महतले बजेट निर्माण गर्दा समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्ने कुरा ध्यान दिइएको बताए । साथै उनले जनताकाे चाहनालाइ सम्बोधन गर्ने र अर्थतन्त्रका समस्या समाधान गर्ने ल्याइएकाे बताए ।

सरकारले आगामी आर्थिक वर्षदेखि आयोजनाको ठेक्का कात्तिक महिनाभित्र सकिसक्नुपर्ने व्यवस्था मिलाएकाे उनले बताए आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै हतले कात्तिक महिनाभित्र आयोजना ठेक्का लगाइसक्नुपर्ने व्यवस्था गरेको जानकारी दिएका हुन् ।