स्टाटर्अपलाई १ अर्ब २५ करोड वजेट विनियोजन

-



     सफल आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित



काठमाडौं १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्टाटर्अपलाई प्रोत्साहन गर्नका लागि १ अर्ब २५ करोड रूपैयाँकाे वजेट विनियोजन गरेको बताएका छन्। 

डा. महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्दै साे कुरा बताएका हुन् । भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने भएकाे हाे ।

नयाँ कम्पनी दर्ताका लागि अब कुनै शुल्क नलाग्ने भएकाे छ । न्यूनतम एक सय रूपैयाँ अधिकृत पूँजी राखेर कम्पनी खाेल्न सकिने कानुनी व्यवस्था गरिने भएकाे छ।

डा महतले अनलाइनबाट कम्पनी दर्ता र खारेजी गर्न सकिने बताए । स्टार्टअप इकोसिस्टम विकास गरिने तथा वैदेशिक लगानीलाई प्राेत्साहन गरिने भएकाे छ ।

सरकारले कृषि बीमाको अनुदानका लागि रु ९५ करोड विनियोजन गरिएकाे छ । कृषि तथा पशुपन्छी बीमामा कुल बीमाशुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ । साे अनुदान वापतको रकम भुक्तानी गर्न रकम विनियाेजन गरिएकाे हो ।

यस्तै सरकारले दोहोरो कार्यक्षेत्र र औचित्य नभएका २० वटा सार्वजनिक संस्था खारेज गर्ने भएकाे छ । अर्थमन्त्री डा महतले आर्थिक बर्ष २०८०/८१ को बजेटबाट २० वटा सार्वजनिक संस्था खारेज गर्ने निर्णय गरिएको बताए । 

सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझाव बमोजिम औचित्य नभएका संस्थाहरु खारेज गर्ने र केहीलाई गाभ्ने निर्णय गरिएकाे सुनाए ।