प्रि ओपन सेसन : नेप्सेमा ४ अंककाे गिरावट

-



     सफल आवाज    
     जेठ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ जेठ । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक घटेको छ।

नेप्से परिसूचक मंगलबार ५३.१६ अंक घटेर १८८८.६१ विन्दुमा झरेको थियाे । आज उक्त सेसनमा ४.१४ अंक घटेर १८८४.४८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.२९ अंक घटेको छ।

यसदिनकाे सेसनमा २९ कम्पनीकाे १८ लाख ४५ हजार २३४ रुपैयाँ ३० पैसा बराबरको काराेबार भएकाे छ । ४ हजार ४४५ कित्ता सेयर खरिदबिक्री भएको छ। ६ वटाको सेयरमूल्य बढेको छ । २१ को सेयरमूल्य घटेको छ। २ वटा कम्पनीकाे स्थिर रहेको छ।