सेयर बजार राताम्मै, प्रभु बैंक प्रोमोटर सेयरको कारोबार अब्बल

-



     सफल आवाज    
     जेठ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ ।

आर्थिक वर्ष २०८० २०८१ को वजेट आईसकेको भएपनि बजारले सहजै स्वीकार्न नसकेको वा असन्तोष बाँकी नै रहेछन् भन्ने हो । लगानीकर्ताको सोहि मनोविज्ञानका कारण वजेट आईसकेपछिका दिनमा पनि लगातार ओरालो लागिरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा झरेको छ । नेप्सेमा २.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.२८ अंकले घटेर ३५३.४३ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनिहरु सबैको सेयर घटेको छ । यसदिन कुल २६२ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनिहरुको ८७ लाख ३६ हजार १२८ कित्ता सेयरको खरदबिक्रीबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयर ३४ करोड २८ लाख १६ हजार १२९ रुपैयाँ बराबरको भएको छ ।

यसदिन सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै युनिलिभर नेपाल लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।