नेप्सेमा छायाे हरियाली, आजपनि प्रभु बैंककाे संस्थापक सेयर कारोबार अब्बल

-



     सफल आवाज    
     जेठ १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ जेठ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । सबै सूचकहरुमा हरियो लागेको छ ।

नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम देखिएको छ । यसदिन डेढ अर्ब बढीको कारोबार भएको छ भने अघिल्लो कारोबार २ अर्ब ३१ करोड बढीको भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.१९ अंकले बढेर ३५५.६२ विन्दुमा पुगेको छ ।

यसदिन सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । बिहिबार कुल २७२ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ६१ लख २८ हजार ६२१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा यसदिन पनि प्रभु बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार अब्बल भएको छ । यो कारोबार २३ करोड २१ लाख ३४ हजार ५७९ रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन यो कारोबार ३४ करोड २८ लाख बराबरको भएको थियो ।

सबैभन्दा धेरै जोशि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ६.९४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सनराईज फोकस्ड ईक्विटी फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ६ प्रतिशतले घटेको हो ।