डलरको भाउ घटेपनि अन्य देशको मुद्राको भाउ बढ्यो

-



     सफल आवाज    
     जेठ २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरकाे भाउ घटेकाे छ । यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४० पैसा बिक्रिदर १३२ रुपैयाँ रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ९६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा रहेको छ ।

आजको मूल्यसूची :