समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ जेठ गते । समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार बुकक्लोज गर्ने जनाएकाे छ ।

समिट लघुवित्तकाे साधारण सभामा चाग लिन र लाभांश पाउनका लागि आज आइतबारसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरु नै साधारण सभा लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।

संस्थाको चौधौँ साधारण सभा असार ३ गते अरनिको पार्टी प्यालेस, बनेपामा डाकिएकाे छ । सभा बिहान सो १० बजे डाकिएकाे छ ।

साधारण सभाले १३.५६२७ प्रतिशतका दरले बोनस सेयर वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ । यस्तै कर प्रयोजनका लागि ३५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश वितरणकाे विशेष प्रस्ताव पनि पारित हुनेछ ।

सभाबाट सर्वसाधारण तर्फ ८ लाख ५३ हजार ६६५ कित्ता साधारण सेयर (एफपीओ) जार गर्ने तथा नेशनल माइक्रोफाइनान्सको १ कित्ता बराबर समीट लघुवित्तको ०.७३ कित्ता सेयर रेसियाेमा मर्जमा जाने लगायतका प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ ।