सुनमा एकैदिन रु १७ सयले गिरावट, चाँदीको पनि घट्यो

-



     सफल आवाज    
     जेठ २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छपावाल सुनमा एकैदिन १७ सयले घटेको छ । चाँदीमा रुपैयाँ २० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ १७ सयले घटेर तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १७ सयले घटेर तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेकोछ । शुक्रबार तेजाबी सुनतोलाको १ लाख १२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।