सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकर साविककै हुने सहमती

-



     सफल आवाज    
     जेठ २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ जेठ । नेपाल सरकार र नेपाली सेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । दुबै पक्षले गरेकाे सहमित अनुसार पूँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति गरिएकाे छ ।

सेयर लगानीकर्ताहरु आन्दोलित भईरहेको बेलामा सरकारले पूँजीगत लाभकरका बारेमा लिखित रुपमा स्पष्ट पारेको छ । आज दुबै पक्षबीचको छलफलपछि अर्थ मन्त्रालयले स्पष्ट पारिएको पत्र पनि लेखेको छ ।

आर्थिक विधेयक, २०८० को दफा २९ को सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभ साविक बमोमिकै कानूनी व्यवस्था कायम रहेको अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

महाशाखले त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत वा पूँजीगत लाभकर अन्तिम कर हुने जारि सूचनामा उल्लेख छ।