
पोखरा, २१ जेठ। पोखरा–२६ कास्कीमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय डेढगाउँले आज मिती २०८० जेठ २१ गतेका दिन बौदिकाली गाउँपालिका वडा नं–२ स्थीत प्रसिद्ध अकलादेबी मन्दिर परिसरमा दर्शनार्थिहरुका लागि प्रतिक्षालय निमार्ण गरी एक कार्यक्रमका बिच मन्दिर व्यवस्थापन समितीका अध्यक्ष टंक पुलामी ज्युलाई हस्तान्तरण गरेको छ।
संस्थाले सामाजिक उत्तरदायित्व कोष कार्यक्रम अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तरता दिने लक्ष्य रहेको छ । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुलामीले वित्तीय संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा समेत यस किसिमका सहयोगको अपेक्षा राखेका थिए ।
कार्यक्रममा संस्थाको तर्फबाट अनुगमन अधिकृत नबराज के.सी, शाखा प्रमुख अनिश पोख्रेल, गाँउपालिका तथा वडा प्रतिनिधि बुद्धिराज श्रेष्ठ, मन्दिर व्यवथापन समितिका पदाधिकारीहरु साथै समाजसेवि होमनाथ भट्टराई र स्थानीय बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
हाल वित्तीय संस्थाले देशका विभिन्न ५४ जिल्लामा १२० वटा शाखा कार्यालयहरुमार्फत १ लाख ५० हजार भन्दा बढि ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




