रावा इनर्जिकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ जेठ । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले जेठ १८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर खुलाएकाे थियाे ।

जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे छ । २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाेमा ८७ हजार ६७० कित्ता बाँडफाँड भइसकेकाे छ । बिक्री नभएकाे १ लाख ९२ हजार ३३० कित्ता थप गरेर ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारि गरेकाे हाे ।

कुल सेयरबाट १५ हजार ४७ कित्ता सेयर कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड भइसकेकाे छ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले ६ लाख ४३ हजार ६६७ कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरेको छ । यसकाे लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादनकाे अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ।

सेयरमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।