
काठमाडौं, २२ जेठ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे छ ।
कम्पनीका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयरकाे बिक्री खुल्ला गरिएकाे हाे । यसअनुसार १ कित्ता बराबर नयाँ ०.७५ कित्ता रेसियाेमा सेयर जारि गरिएकाे हाे ।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बैशाख २७ गते बुकक्लोज गरेको थियो। यसका लागि सेयरधनीहरुले बैशाख २६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । हकप्रद सेयरकम असार १० गतेसम्म आवेदन दिन पाइने मिति ताेकिएकाे छ।
लगानी गर्न चाहने लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन पाउनेछन्। साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ।
हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीकाे हकप्रद सेयर बाँडफाँडपछि चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने भएकाे छ।
कम्पनीले ४.५ मेगावाटको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमता रहेको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




