बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

-



     सफल आवाज    
     जेठ २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, यूरो तथा अन्य देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९८ पैसा बिक्रिदर १३२ रुपैयाँ ५८ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६४ रुपैयाँ २५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४ पैसा रहेको छ ।

आजको मूल्यसूची :