नेप्सेमा दोहोरो अंकको बृद्धि, २ अर्ब ३६ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.३८ अंकले बढेर ३६५.४७ विन्दुमा रहेको छ ।

१३ उप समूहहरुमध्ये ५ वटामा रातो लागेको छ भने बाँकि ८ वटामा हरियो लागेको छ ।

यसदिन कुल २६१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयरको खरिद बिक्रीबाट २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँ ९२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको कारोबार भएको छ । सो होटलको १० करोड १३ लाख १० हजार ७३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै सिद्धार्थ इक्टिी फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ४.३५ प्रतिशतले घटेको हो ।