प्रि ओपन सेसन : नेप्सेमा १.०६ अंककाे बृद्धि

-



     सफल आवाज    
     जेठ २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ जेठ। नेपाली सेयरबजारमा साताको सेयर काराेबार हुने बिहिबार पाँचाै तथा अन्तिम दिन हाे। यसदिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

बुधबार ४.६८ अंक बढेर १९३२.३४ विन्दुमा सेयर बजार बन्द भएको थियाे। यस दिन यस सेसनमा नेप्से १.०६ अंक बढेर १९३३.४० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.५१ अंक घटेको छ।

प्रि ओपन सेसनमा २४ कम्पनीकाे सेयर काराेबार भएकाे छ। उनीहरुकाे २ लाख ६९ हजार ४३७ रुपैयाँको ५६६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपनमा १३ कम्पनीकाे सेयरमूल्य बढेको छ । ७ वटाकाे भने सेयरमूल्य घटेको छ। ४ काे मूल्य स्थिर देखिएकाे छ।