नेप्सेमा झिनो अंकको बृद्धि, २ अर्ब २८ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ जेठ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा झिनो अंकको बृद्धि हुँदा लगानीकर्ताहरुमा अब सुधारका दिनहरु शुरु हुन्छन् कि भन्ने अपेक्षा बढाएकाे छ।

यसदिन ५ उपसमूहहरुमा रातो लागेको छ भने ८ वटामा हरियो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.१४ अंकले बढेर १९३६.४७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.७४ अंकले घटेर ३६३.७३ विन्दुमा रहेको छ ।

यसदिन २७३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५८ लाख ९६ हजार ४८९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २८ करोड २५ लाख २९ हजार ७७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आईजीआई प्रुडेन्सियल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड १८ लाख २८ हजार ७१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै दोल्ति पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै रिभरफल्स पावर लिमिटेडले गुमाएको छ । कम्पनीले सेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ ।