रिपब्लिक मिडियाकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     जेठ २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ जेठ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ४३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर आईपीओ बिक्रीमा ल्याएकाे छ । जाे नेपालमा मिडियाकाे तर्फबाट सेयर जारि गर्ने पहिलाे मिडिया पनि बनेकाे छ ।

कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गरेकाे हाे। यसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ ।

२ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । वैदेशिक रोजागरीमा रहेकाहरुकाे लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन भइसकेकाे छ ।

कर्मचारीहरुका लागि जारि भएकाे सेयरमध्य बिक्री नभएकाे ९३ हजार ९६१ कित्तामा थपेर ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका निष्काशन गरिएकाे हाे ।

इच्छुक लगानीकर्ताले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन पाउनेछन्। उक्त अवधिसम्म पूरा आवेदन नपरेकाे खण्डमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा घटीमा १० तथा बढीमा ५०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।