प्रि ओपन सेसन : नेप्सेमा १.९१ अंककाे बृद्धि

-



     सफल आवाज    
     जेठ २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ जेठ । साताको सेयर काराेबार हुने पहिलाे दिन आइतबार आज नेपाली सेयर बजारमा लगानीकर्ताकाे लागि शुभ सङ्केत देखिएकाे छ । अर्थात सेयर बजारकाे आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९१ अंकले बढेको छ। यसले बजार सकरात्मक हुने आकलन गरिएकाे छ ।

अघिल्लो कारोबार दिन बिहबार नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेकाे थियाे । आज प्रि ओपन सेसनमा नेप्से १.९१ अंकले बढेर १९४१.५२ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ।

आजकाे प्रि ओपन सेसनमा १६ कम्पनीहरुकाे ४ लाख ३१ हजार ६७६ रुपैयाँ बराबरको ८६८ कित्ता खरिदबिक्री भएकाे छ । यसमा १० वटाकाे सेयरमूल्य बढेको छ । अन्य ४ वटाकाे सेयरमूल्य घटेको छ। दुइवटाकाे सेयरमूल्य स्थिर देखिएकाे छ।