काठमाडौं, २८ जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
आजको प्रि ओपन सेसनले संकेत गरेजस्तै र लगानीकर्ताको आकलन जस्तै सेयर बजार उकालोतिर गएको छ । सेयर बजारको उकालोको यात्राले लगानीकर्ताको मनोबल बढाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.०९ प्रशितले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.१० अंकले बढेर ३७०.५२ विन्दुमा पुगेको छ ।
यसदिन १३ उपसमूहमध्ये सबैमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । कुल २७५ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ९५ लाख २८ हजार २५५ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सिटि होटल लिमिटेडको सेयर कारोबार भएको छ । सो होटलको ११ करोड ४७ लाख २४ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । सो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ३.८३ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




