अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो, अन्यको कस्ताे ?

-



     सफल आवाज    
     जेठ २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ घटेको छ । केहि देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६५ पैसा बिक्रिदर १३२ रुपैयाँ २५ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ४९पैसा र बिक्रीदर १६६ रुपैयाँ २४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४६ रुपैयाँ २९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४३ पैसा रहेको छ ।

आजको मूल्यसूची :