असार ५ गतेदेखि आईपिओ जारि गर्दै थ्रीस्टार हाइड्रोपावर

-



     सफल आवाज    
     जेठ २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ जेठ । थ्रीस्टार हाइड्रोपावरले सेयर आईपिओ निष्काशनकाे तयारी शुरु गरेकाे छ। कम्पनीले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर आईपिओ जारि गर्ने भएकाे हाे । कम्पनीका अनुसार १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको सेयर जारि गरिने भएकाे हाे ।

कम्पनीले ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि जारि गरिसकेकाे छ । ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयरबाट ७३ हजार ८८७५ कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि रहेकाे छ ।

यस्तै ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेकाे छ। त्यसबाट बाँकी हुन गएकाे ६ लाख १३ हजार १६२ कित्ता सर्वसाधारणका लागि जारिगरिने भएकाे हो ।

इच्छुक सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असार ८ गतेसम्म आवेदन दिन सकिने छ । ताेकिएकाे मितिसम्म आवेदन पूरा नपरेमा असार १९ गतेसम्म आवेदन दिन सकिने।

कम्पनीले ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको प्रबद्वन गरिरहेको गरिरहेकाे छ । यसकाे लागत १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।