
काठमाडौं, २९ जेठ । बैंक तथा वित्तीय संस्था परिसंघले आर्थिक विधेयक २०८०/८१ मा रहेका २६, २७ र २९ नम्बर बुँदा खारेज गर्न जाेडदार माग गरेको छ ।
परिसंघले सेयर बजारलाई प्रभावित पार्ने गरि साे विधेयक आएको भन्दै खारेज गर्न माग गरेको हाे। परिसंघले मर्जर तथा एक्विजिसन र एफपीओको प्रिमियमबाट लाभांश वितरण गर्ने कम्पनीलाई आयकर तिर्नुपर्ने व्यवस्थालाई पनि खारेज गर्न माग गरेको छ।
आर्थिक विधेयकको बुँदा नम्बर २६ को ‘फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस सेयरको रकमलाई आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी गरिएकाे व्यवस्था खारेज गर्न माग गरिएकाे छ ।
२७ नम्बर बुँदामा ‘मर्जर वा एक्विजिसन’ को लाभमा लाग्ने करकाे शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्थालाई पनि खारेज गर्न माग गरिएकाे छ । आर्थिक विधेयकको बुँदा नम्बर २९ को धितोपत्र जग्गा तथा घर जग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी व्यवस्थाले अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएकाे छ । हामलकाे आर्थिक मन्दीलाई झन् बढाउने परिसंघले जारि गरेकाे विज्ञप्तीमा जनाइएकाे छ ।
बुँदा नम्बर २६, २७ र २९ मा भएका व्यवस्थाहरु गैरकानुनी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको परिसंघले जनाएकाेले साे व्यवस्थालाई स्वीकार नगरिने परिसंघको जनाएकाे छ । साथै आर्थिक विधेयककाे व्यवस्थाहरुले संविधानले सुनिश्चित गरेको मौलिक हकको हनन् भएकाे परिसंघले भनेकाे छ ।
एफपीओबाट प्राप्त हुने प्रिमियम तथा मर्जर तथा प्रप्तिबाट सिर्जना हुने बार्गेन पर्चेच गेनलाई कुनै पनि कानुनी धरातलमा सम्बन्धित संस्थाको आम्दानी मानी कर लगाउने व्यवस्था आयकर सम्बन्धी नेपालको कानुनले गरेको व्यवस्था विपरित छ। साथै आयकर ऐन २०५८ को दफा ५६(३) को अपव्याख्या गरिएको उल्लेख छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




