सोमबार घट्यो सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     जेठ २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ जेठ । साताको सुनचाँदीको कारोबार हुने दाश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।