
पोखरा, २९ जेठ । हामी आफैं सक्षम र उद्यमी बन्न चाहन्छौं र यो बाटोमा लाग्ने प्रयास गरिरहेका छौं । आफ्नै गाउँ ठाउँका, करेसाबारीकै कच्चा पदार्थबाट पनि विभिन्न वस्तुहरु बनाएर आफ्नो खुट्टामा उभिन सकिन्छ भनेर कास्कीका विभिन्न क्षेत्रका दिदीबहिनीहरुलाई जम्मा पारेर तालिम दिएका हौं, समापन कार्यक्रममा कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष सीता गुरुङले बताईन ।
गुरुङ स्वस्तिक हस्तकला उद्योगकी संचालक पनि हुन् । उनकै व्यवस्थापनमा स्वस्तिक हस्तकलामा आयोजना गरिएको १५ दिने प्राकृतिक रेशाजन्य हस्तकला तालिमको समापनमा बिस्तृत जानकारी दिदैं उनले महिलालाई आत्मनिर्भर बनाउन नेपाल हस्तकला महासंघ लगायतको सहयोगमा गरिएको तालिमले निकै उत्साह थपिएको बताईन ।
दिदिबहिनीहरुले १५ दिनमा सिप सिकेर गहुँको छ्वाँली अर्थात नलबाट आकर्षक देखिने टीप्याड, पल्लेट प्याड, पेन कप, मिनि ढकिया, रिकापी लगायतका सामग्री बनाएका गुरुङले जानकारी दिईन । अहिले उनीहरुले प्रारम्भिक सिप सिकेका छन् । उनीहरुलाई भविष्यमा एडभान्स लेवलको सिप सिकाउने लक्ष्य रहेको बताउँदै उनले महानगरपालिका, वडा तथा प्रदेश सरकार समक्ष पुग्ने बताईन् । हामीलाई उद्योग ग्रामको खाँचो छ । व्यवस्थित कोशेली घरको खाँचो छ, उनले भनिन्, यसका लागि कुरा उठाईरहेका छौं तर अझैं कार्यान्वयन हुन सकेको छैन ।

समावेशी साकोशको सहकार्य, स्वस्तिक हस्तकला बागबजारको व्यवस्थापन, नेपाल हस्तकला महासंघको सहआयोजना र कास्की पाेखरा हस्तकला संघको आयोजनामा भएको तालिमको समापनमा सहभागि भएका प्रमुख अतिथि महासंघका अध्यक्ष प्रचण्डमान शाक्यले आउदा दिनहरुमा महिला दिदिबहिनीहरुलाई उद्यमशील बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
उनले ११ लाख हस्तकलाका उद्यमी रहेका, ८० प्रतिशत महिलाहरु उत्पादनको क्षेत्रमा रहेका र नेपालबाट वर्षेनी १२ अर्ब बढीको हस्तकलाका सामग्री निर्यात भईरहेको बताए । उनले नेपालमा रैथाने विश्व विद्यालयको खाँचो भएको उल्लेख गर्दै हस्तकला ग्राम बनाउन लाग्नुपर्नेमा जोड दिए ।
महासंघका प्रदेश तथा जिल्ला तर्फका उपाध्यक्ष दीपेन्द्र शाक्यले १५ दिनमा यति राम्रा वस्तुहरु बनाएको मैले देखेको थिईन । उनले भने, तपाँईहरुले अझैं राम्रो गर्न सक्नुहुन्छ । विदेशी पर्यटकले यस्ता साम्री मन पराउने भएकोले सामग्रीमा फिनिसिङ, प्याकेजिङ ब्राण्डिङमा ध्यान दिनुपर्ने सुझाए । उनले महासंघले जिल्लाहरुलाई सहयोग गर्ने नीति नै रहेकोले आफुहरु अझैं सहकार्य गर्न तयार रहेको बताए ।
महिलाका लागि आयोजित १५ दिने प्राकृतिक रेशाजन्य हस्तकला तालिममा लक्ष्मी शर्मा र रामदेवी बानियाले तालिम दिएका थिए । तालिममा कास्कीका ३० जना महिलाको सहभागिता रहेको उपाध्यक्ष गुरुङले बताईन ।
कार्यक्रममा संघले गण्डकी प्रदेशबाट छानिएर राष्ट्रिय उत्कृष्ट पुरस्कार पाउन सफल उद्यमी चिनु गुरुङलाई वधाई तथा सम्मान गर्यो ।

सोहि अवसरमा कास्कीका संस्थापक अध्यक्ष हीरा भट्टराई, पोखरा वडा नं १ का सदस्य रामजी पौडेल, सम्मानित व्यक्तित्व चिनु गुरुङ, महिला उद्यमी संघ कास्कीका अध्यक्ष पार्वती पौडेल रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकीका सदस्य काशि गुरुङ, प्रशिक्षक लक्ष्मी शर्मा, रामदेवी वानिया, प्रशिक्षर्थि रुकमाया गिरी लगायतले बोलेका थिए ।
समाजसेवी चिजकाजि गुरुङले तालिम अवधिभर राम्रो लगनशिलता देखाएका नर कुमारी जैसिलाई रु ६ सय तथा शोभा प्रधानलाई रु ५ सय पुस्कार स्वरुप प्रदान गरे ।
यसअघि कार्यक्रममा सहभागिलाई कोषध्यक्ष गोमा ढकालले स्वागत गरेकी थिईन भने कार्यक्रमको अध्यक्षता अध्यक्ष रामकली खड्काले गरेकी थिईन ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




