
काठमाडौं, ३१ जेठ । एनआईसी एशिया क्यापिटल लिमिटेड र अगम फूड इण्डष्ट्रि प्रा.लि.बीच सेयर (आईपीओ) जारी गर्ने बारेमा एक सम्झाैता सम्पन्न भएकाे छ । साे सम्झाैता “आईडिया टु आईपीओ” सेवा अन्तर्गत भएकाे जनाइएकाे छ ।
अगम फूड इण्डष्ट्रिका लागि एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श, सेयर रजिष्ट्रार सेवा, आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सेवा दिनेछ । साथै अगम फूडलाई पब्लिक कम्पनीमा लैजाने छ ।
सेयर आईपीओ खुलाउने तथा साधारण सेयर निष्काश गर्नका लागि एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रिबीच मङ्गलबार सम्झौता गरिएकाे हाे ।
अगम नेपालको ठूला स्टीम राइस मिल उद्योग मध्येमा एक हो । यसले सन् २००५ देखि चितवनकाे भरतपुर वडा नं. १३ मा उद्योग स्थापना गरेर उत्पादित वस्तुहरु देशभर बिक्री गर्दै आएकाे छ । देशभित्रकाे धान खरिद गरेर चामल उत्पादन गरी बिक्री वितरण गरेर आयातलाइ केहि हदसम्म घटाउन मद्दत गरेकाे छ ।
अगम फूड इण्डष्ट्रिले आउने दिनहरुमा उत्पादन र सेवालाई बिस्तार गर्ने बताएकाे छ । कम्पनीले उपभोक्ताका लाग सहज, सर्वसुलभ दरभाउमा गुणस्तरीय उत्पादन उपलव्ध गराउने बताएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




