घट्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

-



     सफल आवाज    
     जेठ ३२ गते २०८० मा प्रकाशित



काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६ पैसा बिक्रिदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ६० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा रहेको छ ।

आजको मूल्यसूची :