अप्पर लोहोरे खोला हाइड्रोकाे आईपीओ असार ७ गते आउदै

-



     सफल आवाज    
     जेठ ३२ गते २०८० मा प्रकाशित



काठमाडौं, ३२ जेठ । अप्पर लोहोरे खोला हाइड्रोपावरकाे सेयर (आईपीओ) असार ७ गतेदेखि निष्काशन हुने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुका लागि ५ लाख ९ हजार ८०४ कित्तासेयर खुलाउन लागेको हो।

कम्पनीले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर खुलाउन लागेकाे हाे । साे सेयरबाट २ लाख ५४ हजार ९०२ कित्ता आयोजनाबाट प्रभावित क्षेत्रकाे नौमुले गाँपालिका वडा नं. ३ का जनताका लागि बिक्री गरिने भएकाे छ । यस्तै ५० प्रतिशत दैलेखी जनताका लागि रहेकाे छ ।

यस्तै १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे छ । इच्कछुक लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सेयर भर्नका लागि आयोजना प्रभावित क्षेत्रका जनताले असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिमा पूरा आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिन सकिने छ। वैदेशिक रोजगारमा गएकाहरुले भने असार २१ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अवधि ३१ वर्ष बाँकी छ।

लगानीकर्ताले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारमा गएकाहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। यस्तै मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइनेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।