८ सयले घट्याे सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     जेठ ३२ गते २०८० मा प्रकाशित



काठमाडौं, ३२ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भर्ईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।