
काठमाडौं, १ असार । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सेयर आईपीओ खुलाउने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका रहेका नेपालीहरुका लागि सेयर निष्काशन भइसकेकाे छ ।
जारी पूँजी २२ करोड रुपैयाँकाे २९.५५ प्रतिशतले हुने ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि जारि भइसकेकाे छ । जसमा ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि रहेकाे छ । बाँकी भएकाे ५ लाख ३९ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याइएकाे हाे ।
इच्छुक लगानीकर्ताले घढीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले असार १३ गतेसम्म आवेदन दिन सक्नेछन् भने ताेकिएकाे अवधिमा माग अनुसारकाे आवेदन नपरेमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसको लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति साडे २९ वर्ष बाँकी छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




