शुक्रबार बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     असार १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएकाे थियाे ।