विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     असार ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत अन्य धेरै देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा बिक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३३ पैसा रहेको छ ।

आजको मूल्यसूची :