राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तभित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट पाइने

-



     सफल आवाज    
     असार ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ असार । राष्ट्रिय वाणिज्य बैंकले असार ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत ऋणीलाई छुट दिने भएकाे छ ।

बैकले सबै प्रकारका कर्जाकाे ओभरडिउ, साधारण तथा पेनाल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गर्ने बताइएकाे छ। छुट भएकाे ब्याज रकम सम्बन्धित ऋणीको खातामा जम्मा गरिदिने बैकले जनाएकाे छ ।

बैंकले हाल ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्गबाट बित्तिय काराेबार प्रदान गरिरहेकाे छ।

साथै क्युआर कोड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्टक्युआर टेलर्र (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ तथा बिना ईन्टरनेट चल्ने युएसएसडि बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेकाे बैकले जनाएकाे छ ।