
काठमाडौं, ४ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सामान्य गिरावट भएको छ ।
संघीय राजधानीमा काठमाडौं महानगरपालिकाद्वारा भारतीय चलचित्र आदि पुरुषलाई प्रदर्शनीमा लगाईएको रोक र नेपालस्थित वितरकले नेपाल भरको प्रदर्शन रोकेकै दिनको असरमा सेयर बजारमा पनि देखिएको छ । भारतमा पनि यसकाे असर देखिएकाे छ ।
उसो त भारतमा पनि सो फिल्मकाे प्रदर्शनीको बारेमा विरोध भईरहेको छ । यसमा पौराणिक कथावस्तुको उपहास र मानमर्दन गरिएको जनाईएको छ । यद्यपि लेखक तथा निर्माण पक्षले सोमबार सामाजिक संजाल मार्फत विवादीत वाक्यांश संशोधन गर्ने बताएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने १.८२ अंकले बढेर ३९२.३८ विन्दुमा रहेको छ ।
१३ उपमसूहहरुमध्ये ८ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर सेयर घटेको छ । बाँकी ५ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।
कुल २७६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २९ लाख ७५ हजार १ सय ६८ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८ सय ८० रुपैयाँ २८५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २६ करोड ८२ लाख १३ हजार ५७४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । सो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको हाे।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




