२०६४.८३ विन्दुमा झर्यो नेप्से, ४ अर्ब १० करोडको कारोबार

-



     सफल आवाज    
     असार ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
तीन उपसमूहमा मात्रै हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहहरुमा रातो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार घाेराही सिमेन्टको आइपीओमा ५ अर्बको फर्जि आवेदन पेश तथा सेबोनले आईपीओ स्थगन गरेको घटनाक्रमले हलचल मच्चाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.५६ अंकले घटेको छ । यसरी घटेको नेप्से २०६४.८३ विन्दुमा झरेको छ । नेप्सेमा १.२७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेर ३८८.०२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कुल २६८ कम्पनीहरुको सेयर कारोबा भएको छ । उनीहरुको १ करोड ७ लाख ६७ हजार ६०५ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब १० करोड १० लाख ९७ हजार ३१९ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी निफ्राको काराबार भएको छ । कम्पनीको २० करोड ४२ लाख १३ हजार ६६३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिटी होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गुमाएको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको हो ।