
काठमाडौं, ८ असार । थ्रीस्टार हाइड्रोपावरकाे सेयर (आईपिओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि जारि गरेकाे थियाे ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशतले हुने १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको सेयर जारि गर्ने अनुमति लिएकाे थियो।
साे सेयरमा ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ । ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे छ ।
यसमा ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । उनीहरुलाइ बाँडफाँड गरिएपछी बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएकाे हाे । इच्छुक लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको प्रबद्र्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३९ करोड रूपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति ३० वर्ष २ महिना बाँकी छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




