
काठमाडौं, ८ असार । नेपाली मिडिया क्षेत्रबाट सेयर आइपिओ निष्काशन गर्ने पहिलाे कम्पनी बनेकाे नेपाल रिपब्लिक मिडियाको सेयर असार ११ गते बाँडफाँड गरिने भएकाे छ । बिक्री प्रबन्धक मेगा क्यापिटले बुधबार प्रि–अलोटमेन्ट भइसकेकाेले असार ११ गत सेयर बाँडफाँड गर्ने जनाएकाे छ ।
जारी पूँजी रुपैयाँ ९६ करोड ७५ लाखको ४४.९९२२ प्रतिशत ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर जारि गरिएकाे थियाे । यसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ ।
कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर जारि गरेकाे थियो । कर्मचारीहरुका लागि जारि गरेको सेयर पूरा बिक्री नभएपछि बाँडफाँड नगरिएकाे ९३ हजार ९६१ कित्ता सेयर थपेर ३६ लाख १९ हजार ८९१ कित्ता सर्वसाधारणका लागि जारि गरिएकाे थियो। सेयरमा ३.८४ गुणा बढी आवेदन परेको थियाे ।
कम्पनीको सेयरमा १२ लाख ८२ हजार ३६३ जना आवेदकले १ करोड २९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन दिएका थिए । सेयर बाँडफाँड गर्दा ३ लाख ६१ हजार ९८९ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । एक जना भाग्यमानिले ११ कित्ता पाउनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




