चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले प्रिमियममा साधारण शेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     असार १० गते २०८० मा प्रकाशित



काठमाडाैं, १० असार । चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले सर्वसाधारणको लागि २,९७,५०० कित्ता साधारण शेयर प्रिमियममा निष्काशन गर्ने भएकाे छ । कंपनीले साे सेयर निष्काशन गर्नका लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्काशन सम्बन्धी सम्झौता समेत भइसकेको बताइएकाे छ। चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटल लि.को तर्फबाट सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।