लामो समयपछि नेप्सेमा उछाल, २११७ विन्दु क्रस गर्दा साढे ६ अर्बको कारोबार

- कारोबारमा शिवम सिमेन्ट अब्बल

-



     सफल आवाज    
     असार १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा उछाल आएको छ । १३ वटै उपसमूहरुमा हरियाली छाएको छ भने कारोबार रकम पनि अहिले सम्मकै उच्च भएको छ ।

सेयर बजारमा आएको यो सकारात्मक उछालले लगानीकर्ताहरुमा खुसी छाएको छ । उनीहरुले बिगतको झैं ३० अंक बढीको बृद्धि कहिले होला भनेर पर्खिरहेका छन् । जे होस् यसदिनको सकारात्मक लहरले लगानीकर्ताहरुलाई र अर्थ बजारलाई चलायमान बनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.०३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.६४ अंकले बढेर ३९५.४५ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन कुल २७५ कम्पनीहरुको सेयर खरिदबिक्री भएको हाे । उनीहरुको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयरको खरिदबिक्रीबाट ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ ८९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४९ करोड ९० लाख ७३ हजार ९२० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.८१ प्रतिशतले घटेको हो ।