असार २९ गतेदेखि हकप्रद सेयर जारि गर्दै नेशनल हाइड्रोपावर

-



     सफल आवाज    
     असार ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ असार । नेशनल हाइड्रोपावरकाे हकप्रद सेयर असार २९ गतेदेखि बिक्रीमा ल्याउन लागिएकाे छ । कम्कानीले नाए अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ५० प्रतिशत सेयर जारि गरिने भएकाे हाे ।

हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ५ कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद जारि गर्ने भएकाे छ।

यसैकाे प्रयाेजनका लागि असार १ गते बुकक्लोज गरिएकाे थियो। जेठ ३२ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले आवेदन दिन पाउनेछन्। सेयरधनीहरुले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

सेयर भर्न मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट सकिनेछ । यस्तै सेबाेनबाट अनुमति लिएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ भने हकप्रद सेयर बाँडफाँड भएपछि चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा पुग्ने भएकाे छ।

कम्पनीले ईन्द्रावती नदीबाट ७.५ मेगावाटको ईन्द्रावती ३ जलविद्युत आयोजना निर्माण गरी विद्धुत उत्पादन गरिरहेकाे छ । यस्तै ४.५ मेगावाटको तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको कार्य भइरहेकाे छ । भोजपुरमा १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको लोअर इर्खुवा हाइड्रो पावर कम्पनीले काम गरिरहेकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।