नेप्सेमा दोहोरो अंकको बृद्धि, शिवम सिमेन्टले गर्यो ४२ करोडको कारोबार

-



     सफल आवाज    
     असार ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।
यसदिन नेप्सेमा मध्यम अंकको बृद्धि भएको हाे । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेर ३९९.११ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ८ वटामा हरियो लागेको छ । बाँकी ५ वटामा रातो लागेको छ ।

यसदिन कुल २७९ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ३१ २४ लाख २२ हजार ८७ रुपैयाँ २७ पैसा बराबरको कारोबार छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४२ करोड ५ लाख ९९ हजार ५८५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ६.९४ प्रतिशतले घटेको छ ।