अमेरिकी डलर र यूरोसहित बिदेशी मुद्राको भाउ बढ्यो

-



     सफल आवाज    
     असार १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ५० पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३१ पैसा रहेको छ ।

आजको मूल्यसूची: