घलेम्दी हाइड्रोले पायाे २०० प्रतिशत हकप्रद सेयर निष्काशनकाे अनुमति

-



     सफल आवाज    
     असार १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ असार । घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद सेयर निष्काशनकाे अनुमति पाएकाे छ । कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर खुलाउने अनुमति पाएको हाे । विद्युत नियमन आयोगबाट कम्पनीले १ बराबर २ को रेसियाेमा हकप्रद सेयर जारि गर्ने अनुमति पाएकाे हो।

विद्युत नियमन आयोगका सचिव गोकर्ण राज पन्थका अनुसार कम्पनीले हकप्रद सेयर निष्काशनको लागि बुधबार स्वीकृति पाएकाे हाे ।

कम्पनीले संखुवासभाकाे छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ काे रेसियाेमा हकप्रद जारि गर्न लागेकाे हाे । यसकाे सांग्रिला उर्जा प्रा.लि.ले प्रवर्द्धन गरेकाे छ ।

कम्पनीकाे नवौं वार्षिक साधारण सभाले १ः२ काे रेसियाे अर्थात २०० प्रतिशत हकप्रद सेयर जारि गर्ने प्रस्तावलाई पनि पारित गरिसकेको छ । अब कम्पनीले सेबाेनबाट सेयर निष्काशनकाे अनुमति पाएपछि हकप्रद सेयर बिक्रीमा ल्याउने भएकाे छ।