
काठमाडौं, १३ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यो साताका लागि आजको कारोबार अन्तिम कारोबार पनि हो । बिहिबार बकर इदको सार्वजनिक बिदा परेकोले सेयर बजार चारदिन पछि असार १७ आईतबार मात्रै खुल्नेछ ।
सूचकांकहरुमा गिरावट देखिएको भएपनि कुल कारोबार रकम भने करिब ६ अर्बको भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा झरेको छ । नेप्सेमा १.६२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ९.७६ अंकले घटेर ४०२.७५ विन्दुमा रहेको छ ।
यसदिन कुल २८० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये १२ वटामा रातो लागेको छ । उनीहरु सबको सेयर घटेको छ । बाँकी १ मा हरियो लागेको छ । सो समूहको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८३ करोड ७० लाख ३६ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै इङ्गवा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




