अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असार १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ र यूरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ बिक्रिदर १३१ रुपैयाँ ६० रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २२ रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ८० पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३० पैसा रहेको छ ।

आजको मूल्यसूची