
काठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ ।
यो गिरावट अर्धशतक पार गरेपछिकाे हो । अर्थात आईतबार सेयर बजारमा ५३.७० अंकको गिरावट भएको छ । यसले फेरि लगानीकर्ताहरुलाई झस्काएको छ । तर कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ ।
नयाँ सरकार बनेपछि आंशिक रुपमा सुधार हुँदै आएको सेयर बजारमा बेला बेला भएकाे करेक्सन लामो समय नजाने सेयर बजारका जानकारहरुले बताए पनि करेक्सनको प्रवृत्ति भने रोकिएको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा झरेको छ । नेप्सेमा २.५० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १२.२३ अंकले घटेर ३९०.५२ विन्दुमा पुगेको छ ।
यसदिन कुल २८६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ८१ करोड ९ लाख ७६ हजार १७९ रुपैयाँ ३९ पैसा बराबरको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन लाईफ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शिर्जनशिल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ९.३२ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




